मेगा बैंकका ग्राहकलाई ह्याम्स अस्पतालमा विशेष छुट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मेगा बैंकका ग्राहकलाई ह्याम्स अस्पतालमा विशेष छुट



काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेड र ह्याम्स अस्पतालबीच सेवा सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट सहायक नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र अस्पतालको तर्फबाट अध्यक्ष आर एस भण्डारीबीच मेगा बैंकको मुख्य कार्यालयमा सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता अनुसार मेगा बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ता ग्राहकहरुले ह्याम्स अस्पतालमा कुल बिलको १० प्रतिशतसम्म छुट पाउनेछन् ।

यसैगरी, औषधी खरिद गर्दा ५ प्रतिशतसम्म छुट दिने अस्पतालले जनाएको छ । आकस्मिक रुपमा सडक तथा हवाईबाट उद्दार गर्नुपरेमा मेगा बैंकका ग्राहकहरुलाई अस्पतालले प्राथमिकता दिने भएको छ । ह्याम्ससँगै मेगा बैंकका ग्राहकहरुलाई काठमाडौँको नर्भिक, ग्राण्डी, स्टार अस्पताल, गोल्डेन, ग्रीनसिटी, उच्चता, बयोदा, चिरायु लगायतका अस्पतालमा छुटका लागि यसअघि नै सम्झौता भइसकेको छ ।

प्रकाशित : २७ फाल्गुन २०७५, सोमबार ०८:३४