एनएमबि बैंकले फागुन ३० गतेदेखि ३ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनएमबि बैंकले फागुन ३० गतेदेखि ३ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने



काठमाडौं / एनएमबि बैंकले फागुन ३० गतेदेखि ३ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले १ हजार रुपैयाँ दरको कुल ३० लाख कित्ता ‘१०% एनएमबि डिबेन्चर २०८५’ जारी गर्न लागेको हो । यसमध्ये ११ लाख ४० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । ६० हजार कित्ता म्युचुअल फन्डलाई छुट्याइएको छ । बाँकी १८ लाख कित्ता भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।

एनएमबिको ऋणपत्र निष्कासनका लागि सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ । ऋणपत्रले ‘इक्रा एनपी एलए माइनस’ रेटिङ पाएको छ । यो रेटिङले न्यून कर्जा जोखिम र लगानीका लागि सुरक्षित रहेको जनाउँछ । एनएमबि बैंकले यो ऋणपत्रमा वार्षिक १०५ ब्याजदर दिनेछ । यसमा चैत ४ गतेसम्म आवेदन दिन सकिनेछ । यस अवधिमा आवश्यक मात्रामा आवेदन नपरेमा भने चैत १४ गतेसम्म भर्न सकिनेछ ।

एनएमबि बैंकले हालै १०५ बोनस सेयर र २०५ नगद लाभांश दिएको थियो । बोनस सेयर वितरणपछि बैंकले पुँजी ९ अर्ब ६१ करोड ८१ लाख ६२ हजार रुपैयाँ पुर्याएको छ । पछिल्लो समय बैंकहरुले लगानीका लागि अतिरिक्त पुँजी जुटाउन ऋणपत्र जारी गर्ने क्रम बढेको छ ।

एनएमबिले पनि ऋणपत्र बिक्रीबाट उठ्ने रकममध्ये २ अर्ब २० करोड रुपैयाँ राष्ट्र बैंकबाट स्वीकृत क्षेत्रमा कर्जा लगानी गर्ने योजना बनाएको छ । यस्तै, २० करोड रुपैयाँ विपन्न वर्गामा कर्जा लगानी गर्ने, २० करोड तरलता व्यवस्थापन र ४० करोड रुपैयाँ सरकारी ऋणपत्रमा लगानी गर्ने उद्देश्य राखेको छ ।

प्रकाशित : २६ फाल्गुन २०७५, आईतवार ०८:१५