फागुन ३० गतेदेखि एनएमबि बैंकको ३ अर्बको ऋणपत्र « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

फागुन ३० गतेदेखि एनएमबि बैंकको ३ अर्बको ऋणपत्र



काठमाडाै / एनएमबि बैंकले फागुन ३० गतेदेखि ३ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने भएको छ । बैंकले १ हजार रुपैयाँ दरको कुल ३० लाख कित्ता ‘१० प्रतिशत एनएमबि डिबेन्चर २०८५’ जारी गर्न लागेको हो । यसमध्ये ११ लाख ४० हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । ६० हजार कित्ता म्युचुअल फन्डलाई छुट्याइएको छ । बाँकी १८ लाख कित्ता भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्नेछ ।

एनएमबिको ऋणपत्र निष्कासनका लागि सिद्धार्थ क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ । ऋणपत्रले ‘इक्रा एनपी एलए माइनस’ रेटिङ पाएको छ । यो रेटिङले न्यून कर्जा जोखिम र लगानीका लागि सुरक्षित रहेको जनाउँछ । एनएमबि बैंकले यो ऋणपत्रमा वार्षिक १०प्रतिशत ब्याजदर दिनेछ । यसमा चैत ४ गतेसम्म आवेदन दिन सकिनेछ । यस अवधिमा आवश्यक मात्रामा आवेदन नपरेमा भने चैत १४ गतेसम्म भर्न सकिनेछ ।

प्रकाशित : २१ फाल्गुन २०७५, मंगलवार १०:४५