काठमाडौँ । आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकै साथ संचालनगर्दै आएको मुक्तिनाथ विकास बैंकले ग्राहकहरुलाई लक्षित गरी बैंकले प्रदान गर्ने कर्जाहरुमा ब्याजदर घटाएको छ ।
बैंकले यस वर्षको माघ महिनादेखि आधुनिक बैंकिङ्गबाट प्रदान गरिएको कर्जाहरुमा तथा फागुनदेखि साना तथा लघुवित्त तर्फबाट समेत प्रदान गरिएको कर्जाहरुमा ०.५% सम्म ब्याजदर घटाएको जानकारी बैंकले दिएको छ ।
Comment