२६ गतेदेखि स्पर्शको आईपीओ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

२६ गतेदेखि स्पर्शको आईपीओ



काठमाडौं । स्पर्स लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ । संस्थाले बुधबार आह्वान–पत्र सार्वजनिक गर्दै २ लाख ५२ हजार कित्ता सेयर अर्थात २ करोड ५२ लाख रुपैयाँ बराबरको आईपीओ खुला गर्ने जानकारी दिएको थियो ।

संस्थाको आईपीओका लागि आगामी २६ गतेदेखि आवेदन खुला हुनेछ । संस्थाको आईपीओमा न्युनतम १० कित्ता देखि अधिकतम १३ सय ४० कित्तासम्म आवेदन दिन पाइने छ । संस्थाको धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक सानिमा क्यापिटल रहेको छ ।

प्रकाशित : १६ फाल्गुन २०७५, बिहीबार ०८:०८