ओरालो लाग्यो डलरको मूल्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

ओरालो लाग्यो डलरको मूल्य



काठमाडौँ । साताको तेस्रो दिन आज मंगलबार अमेरिकी डलर सहित प्राय सबै देशको मूल्य ओरालो लागेका छ।

आज अमेरिकी डलर एकको खरिददर १ सय १३ रुपैयाँ २७ पैसा छ भने बिक्रिदर मूल्य १ सय १३ रुपैयाँ ८७ पैसा रहेको छ।

त्यस्तै दक्षिण कोरियन वन १०० को खरिददर १० रुपैयाँ १४ पैसा रहेको छ भने बिक्रिदर १० रुपैयाँ १९ पैसा रहेको छ। मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ८५ पैसा छ भने बिक्रिदर २७ रुपैयाँ ९९ पैसा छ।

त्यस्तै यूके पाउण्ड एकको खरिददर १४८ रुपैयाँ ११ पैसा छ भने बिक्रिदर १४८ रुपैयाँ ८९ पैसा छ।

त्यस्तै साउदी रियाल एकको खरिददर ३० रुपैयाँ २० पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ३६ पैसा छ।

कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ११ पैसा छ भने बिक्रिदर ३१ रुपैयाँ २७ पैसा रहेको छ। युएई दिर्हाम एकको खरिददर ३० रुपैयाँ ८४ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ रहेको छ।

त्यस्तै कुवेती दिनार एकको खरिददर ३७३ रुपैयाँ २१ पैसा रहेको छ भने बिक्रिदर ३७५ रुपैयाँ १८ पैसा रहेको छ।

आज बहराईन दिनार एकको खरिददर ३०० रुपैयाँ ४५ पैसा रहेको छ भने बिक्रिदर ३०२ रुपैयाँ ४ पैसा रहेको छ।

प्रकाशित : १४ फाल्गुन २०७५, मंगलवार ०९:२१