१९ औँ बार्षिक उत्सवको अवसरमा सितापाइला बहुउद्देश्यीय सहकारीले सुरु गर्यो एटीएम सेवा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

१९ औँ बार्षिक उत्सवको अवसरमा सितापाइला बहुउद्देश्यीय सहकारीले सुरु गर्यो एटीएम सेवा



काठमाडाै । सितापाइला बहुउद्देश्यीय सहकारीले एटिएम सेवाको शुभारम्भ गरेको छ । संस्थाले आफ्नो १९ अाैँ बार्षिक उत्सवको अवसरमा उक्त सेवाको सुरुवात गरेको हो । एटीएम राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले गरे ।

कार्यक्रममा अध्यक्ष उप्रेतीले सहकारीलाई प्रविधी मैत्री बनाउदै लैजान अावश्यक रहेको बताए । उनले यस कार्यका लागि सहकारी बैंक आवश्यक सहयोग गर्न तत्पर रहेको जानकारी दिए । कार्यक्रममा संस्थाका अध्यक्ष केदार मानन्धरले हाल एटिएम सेवाको लागि २७० जनाले आवेदन दिएको जानकारी दिए । हाल संस्थाले १ अर्ब १६ करोडको कारोबार गर्दै अाएको जानकारी दिदै अध्यक्ष माशनन्धरले महिला शसक्तिकरण र युवाहरुलाई स्वारोजगार बनाउन संस्था केन्द्रित रहेको बताए ।

संस्थाको उक्त एटीएम कार्डबाट नेपालभर एससीटी नेटवर्क प्रयोग गर्ने अन्य बैंक, वित्तीय संस्था तथा सहकारी संस्थाका एटीएम काउण्टरबाट समेत रकम निकाल्न सकिने व्यवस्था गरिएको छ ।

हाल देशका विभिन्न बैंक वित्तीय संस्थाका गरी एससीटी नेटवर्कका नेपालभर रहेका २ हजार भन्दा बढी एटीएम मेसिनहरु सञ्चालनमा रहेका छन् । आफ्ना सदस्यहरुलाई प्रविधिमैत्री छिटो, छरितो र प्रभाकारी सेवा प्रदान गर्ने उद्देश्यले यो सेवा सुरु गरिएको संस्थाले जानकारी दिएको छ ।

प्रकाशित : १३ फाल्गुन २०७५, सोमबार २१:३८