सिद्धार्थ बैंकको सहुलियतपूर्ण कर्जा , यस्ता छन् कर्जाका प्रकार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सिद्धार्थ बैंकको सहुलियतपूर्ण कर्जा , यस्ता छन् कर्जाका प्रकार



काठमाडौं । सिद्धार्थ बैंकले नेपाल राष्ट्र बैंकबाट जारी निर्देशन २०७५ अनुरुप ब्याज अनुदान सहितको सहुलियतपूर्ण कर्जा आफ्नो सम्पूर्ण शाखाहरु मार्फत सेवाग्राहीलाई प्रदान गर्न सुचारु गरेको छ ।
जसमा सिद्धार्थ महिला उद्यमशिलता कर्जा १५ लाखसम्म रहेको छ । त्यसैगरी,

–सिद्धार्थ विदेशबाट फर्केका युवा परियोजना कर्जा १० लाखसम्म

–सिद्धार्थ उच्च र प्राविधिक तथा व्यवसाय कर्जा ५ लाखसम्म

–सिद्धार्थ दलित समुदाय व्यवसाय कर्जा १० लाखसम्म

–सिद्धार्थ भुकम्प पिडित आवास निर्माण कर्जा ३ लाखसम्म

–सिद्धार्र्थ शिक्षित युवा स्वरोजगार कर्जा ७ लाखसम्म

–सिद्धार्थ व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा ५ करोडसम्म रहेको छ ।

बैंकले ग्राहकहरुको माग बमोजिम नविनतम वित्तिय सेवाहरु सरल र सहज रुपमा उपलब्ध गराई ग्राहकहरुको सन्तुष्टि र सरोकारवालाहरुको मन जित्दै देशको अग्रणी बैंक बन्ने परिकल्पना गरेको छ ।

बैंकले हालसम्म देशभर रहेका १३९ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), ९९ शाखारहित बैंकिङ्ग तथा १५० वटा एटिएमहरु मार्फत ६ लाख २२ हजार भन्दा बढि ग्राहकहरुलाई बैंकिङ्ग सेवा पु¥याउँदै आइरहेको छ ।

प्रकाशित : १३ फाल्गुन २०७५, सोमबार ०८:३३