निर्धन उत्थानको “ग्राहक सदस्यहरुको लागि वित्तीय साक्षरता तालिम” सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

निर्धन उत्थानको “ग्राहक सदस्यहरुको लागि वित्तीय साक्षरता तालिम” सम्पन्न



काठमाडाै । लघुवित्त वित्तीय संस्थाले संस्थाका आफ्ना ७२ जना ग्राहक सदस्यहरुको सहभागितामा फाल्गुण ८ गते नवलपरासी जिल्लाको फेनहरामा “ग्राहक सदस्यहरुको लागि वित्तीय साक्षरता तालिम” सम्पन्न गरेको छ । तालिममा प्रशिक्षकमा संस्थाको क्षेत्रिय कार्यालय भैरहवाका कार्यक्रम अधिकृत प्रेम प्रसाद सुबेदी रहेका थिए ।

एक परिवारमा एक जना उद्यमी बनाउन संस्थाले पहल गरीरहेको, संस्थाले साढे दुई दशकदेखि निरन्तर लघुवित्त सेवा दिई रहेको यस संस्थाबाट कर्जा लिई ब्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नती तिर अगाडि बढेको समेत संस्थाका कार्यक्रम अधिकृत प्रेम प्रसाद सुबेदीले बताएका थिए ।

तालिममा ग्राहक सदस्यहरुले वित्तीय साक्षरता तालिम एक परिचय, वित्तीय साक्षरताको महत्व, उद्देश्य, वित्तीय लक्ष्य निर्धारण, बचत परिचालन, कर्जा ब्यवस्थापन तथा कर्जा सदुपयोगिता, वित्तीय अनुशासन, सेवा सुविधाको छनौट प्रक्रिया तथा आम्दानी खर्च, जोखिम ब्यवस्थापन, बिमा, विप्रेषण सेवा, बचतको महत्व तथा बैंकको पब्लिक डिपोजिटको बारेमा, बचत कसरी गने, हुण्डी मार्फत बिदेसबाट पैसा पठाएमा हुने समस्याको बारेमा र संस्थाले प्रदान गरी रहेका हालका सेवाहरु श्रब्यदृष्य तथा अन्य माध्यमबाट सहभागीले जानकारी हासिल गरेका थिए ।

हाल संस्थाले १ सय ८१ वटा शाखा कार्यलय, १० वटा क्षेत्रीय कार्यालय र केन्द्रीयकार्यालय गरी १ सय ९२ वटा कार्यालयहरुको स्थापना गरी लघुवित्त सेवा पु-याई रहेको छ । संस्थाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने शोषित, उत्पिडित, पिछडिएका विपन्न परिवारका महिलाहरुलाई समूहमा आवद्ध गराई विनाधितो लगानी गर्नुका साथै सीपमूलक तालिम, उद्यमशीलता विकास तालिम, सचेतना मूलक कार्यक्रमहरु संचालन गर्दै आएको छ ।

प्रकाशित : ९ फाल्गुन २०७५, बिहीबार १०:४५