इन्फिनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाले ६ करोड ७४ लाख रुपैयाँ बराबरको ६ लाख ७४ हजार कित्ता आइपीओ बिक्री गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

इन्फिनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाले ६ करोड ७४ लाख रुपैयाँ बराबरको ६ लाख ७४ हजार कित्ता आइपीओ बिक्री गर्ने



काठमाडौं । इन्फिनिटी माइक्रोफाइनान्स वित्तीय संस्थाले ६ करोड ७४ लाख रुपैयाँ बराबरको ६ लाख ७४ हजार कित्ता आइपीओ बिक्री गर्ने भएको छ । कम्पनीले आइपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको हो । कम्पनीले बोर्डले अनुमति दिने बित्तिकै आइपीओ निष्कासन प्रक्रिया अघि बढाउनेछ । इन्फिनिटीकोे आइपीओमा सिभिल क्यापिटल मार्केटले बिक्री प्रबन्धकको काम गर्नेछ ।

क्रेडिट रेटिङ कम्पनी केयर रेटिङ नेपालले यो आइपीओलाई ‘ग्रेड ४’ रेटिङ दिएको छ । इन्फिनिटीको केन्द्रीय कार्यालय नवलपरासीको गैंडाकोटमा रहेको छ । चुक्ता पुँजी १४ करोड रुपैयाँ रहेको इन्फिनिटीको जगेडा कोषमा १ करोड ८३ लाख २ हजार रुपैयाँ छ । दोस्रो त्रैमाससम्म ३९ करोड ४० लाख ७५ हजार रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब १८ करोड ७९ लाख ८७ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

प्रकाशित : ६ फाल्गुन २०७५, सोमबार १४:५१