कृषि विकास बैंकले निक्षेपमा बढ्यो कर्जामा घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

कृषि विकास बैंकले निक्षेपमा बढ्यो कर्जामा घट्यो



काठमाडाैँ । कृषि विकास बैंकले आइतबार फागुन एक गते देखि नै लागु भएको ब्याजदर परिवर्तनको सुचना सार्वजनिक गरेको हो । बैंकका अनुसार निक्षेपको ब्याजदर बढेको छ भने कर्जाको ब्याजदर घटेको छ ।

बैंकले कर्जाको व्याजदर १ प्रतिशतले घटाएको छ भने निक्षेपको व्याजदर १ दशमलव ५ प्रतिशतले वृद्धि गरेको छ ।

बैकिङ बजारमा कर्जाको व्याजदर उच्च रहेको जनगुनासो आईरहेको अवस्थामा ग्राहकहरुको चाहना तथा जनगुनासोलाई सम्बोधन हुने गरी माघ २८ गते बसेको बैंक संचालक समितिकोको  निर्णयानुसार फागुन १ गते देखि लागु हुने गरी निक्षेपको व्याजदर र कर्जाको व्याजमा परिवर्तन गरेको बैंकले जनाएको छ ।

प्रकाशित : ६ फाल्गुन २०७५, सोमबार ०८:३३