एक्सेल डेभलपमेन्ट बैंकको तेह्रौँ वार्षिक साधारणसभा चैत ११ गते, यस्ता छन एेजेन्डा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एक्सेल डेभलपमेन्ट बैंकको तेह्रौँ वार्षिक साधारणसभा चैत ११ गते, यस्ता छन एेजेन्डा



काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंकको तेह्रौँ वार्षिक साधारणसभा चैत ११ गते बस्दै छ । सो प्रयोजनको लागि डेभलपमेन्ट बैंकले आगामी फागुन २७ गतेदेखि चैत ११ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ ।

उक्त सभाले गत आर्थिक वर्षको नाफाबाट कर सहित १७ प्रतिशत नगद लाभांश वितरण गर्ने संचालक समितिको प्रस्तावलाई पारित गर्दै छ । साथै, डेभलपमेन्ट बैंकले हालको चुक्ता पुँजीको ५५ प्रतिशत हकप्रद हकप्रद सेयर जारी गर्ने विशेष प्रस्तावलाई सभामा लैजाँदै छ ।

हाल एक्सेलको चुक्ता पुँजी ६९ करोड २६ लाख रुपैयाँ रहेको छ । ५५ प्रतिशत हकप्रद पछि संस्थाको चुक्ता पुँजी एक अर्ब ७ करोड रुपैयाँ नाघ्ने छ । त्यसैगरी, बैंकको अधिकृत पुँजी एक अर्बबाट बढाएर एक अर्ब ५० करोड रुपैयाँ पुर्याउने प्रस्तावलाई सभाले अनुमोदन गर्दै छ ।

प्रकाशित : ६ फाल्गुन २०७५, सोमबार १०:२८