बाेबी माईक्राेफाईनान्सकाे विशेष साधारण सभा फागुन ६ गते , सतप्रतिशत हकप्रदकाे प्रस्ताव लादै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

बाेबी माईक्राेफाईनान्सकाे विशेष साधारण सभा फागुन ६ गते , सतप्रतिशत हकप्रदकाे प्रस्ताव लादै



काठमाडौं / बाेबी माईक्राेफाईनान्सले  फागुन ६ गते विशेष साधारण सभा गर्ने भएकाे छ । कम्पनीले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव राखेर सभा बोलाएको हो । वोमीले हाल कायम १० करोड १० लाख ८८ हजार रुपैयाँको १००५ हकप्रद सेयर जारी गर्न लागेको हो ।

हकप्रद बिक्रीपछि चुक्ता पुँजी २० करोड २१ लख ७६ हजार रुपैयाँ पुग्नेछ । कम्पनीले गत वर्षको नाफाबाट २५% नगद लाभांश वितरण गरिसकेको छ । विशेष साधारण सभाबाट यो प्रस्ताव अनुमोदन गराउने एजेन्डा छ ।

प्रकाशित : ३ फाल्गुन २०७५, शुक्रबार ०७:४०