काठमाडौ । प्रिमियर इन्स्योरेन्स कम्पनीले दोस्रो त्रैमासमा खुद मुनाफा ५ करोड ८८ लाख रुपैयाँ कमाएको छ, जुन गत वर्षको सोहिअवधिको तुलनाभन्दा ८ दशमलव ७९ प्रतिशतले बढेको हो ।
गत बर्षको सोहो अवधिमा प्रिमियर इन्स्योरेन्सले नाफा ५ करोड ४१ लाख रुपैयाँ कमाएको थियो ।
५८ करोड ४० लाख रुपैयाँ चुक्ता पुँजी भएको प्रिमियमले जगेडाकोषमा ६० करोड १० लाख रुपैयाँ, बीमा कोषमा ४३ करोड १ लाख रुपैयाँ र महाविपत्ती जगेडामा ३ करोड ८९ लाख रुपैयाँ छुटाएको छ । जसको आम्दानी ६९ दशमलब ५६ प्रतिशतले बढेर १५ करोड ६५ लाख रुपैयाँ कमाएको छ भने खर्च भने १५५ दशमलब २६ प्रतिशतले बढेर ९ करोड ७७ लाख रुपैयाँ रहेको छ ।






Comment