एनएलजी इन्स्योरेन्सको खुद मुनाफामा ८ करोड ४५ लाख « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनएलजी इन्स्योरेन्सको खुद मुनाफामा ८ करोड ४५ लाख



काठमाडौं। निजि क्षेत्रको निर्जीवन बीमा कम्पनी एनएलजी इन्स्योरेन्स कम्पनीले दोस्रो त्रैमासमा खुद मुनाफामा ८ करोड ४५ लाख आर्जन गरेको छ । जुन गत वर्षको सोहि अवधि भन्दा ७ दशमलव ६० प्रतिशतले वृद्धि हो । कम्पनीले गत वर्षको सोहि अवधिमा नाफा ७ करोड ८५ लाख रुपैयाँ कमाउन सफल भएको थियो ।

६४ करोड ४ लाख रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीले जगेडाकोषमा १६ करोड ४२ लाख रुपैयाँ, बीमा कोषमा ७४ करोड ९७ लाख रुपैयाँ र महाविपत्ती जगेडामा ५ करोड ४६ लाख रुपैयाँ राखिएको छ । कम्पनीको आम्दानी २९ प्रतिशतले बढेर १६ करोड ९६ लाख रुपैयाँ पुगेको छ भने खर्च ६३ दशमलव ४६ प्रतिशतले बढेर ८ करोड ५१ लाख रुपैयाँ पुगेको छ । यस अबधिमा कम्पनीले ९खुद० ३५ करोड ८० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले ३६ करोड ५६ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीले यस अबधिमा २३ करोड ४८ लाख रुपैयाँ बराबरको भुक्तानी दाबी ९खुद० गरेको छ भने गत वर्षको सोहि अवधिमा १४ करोड ४७ लाख रुपैयाँ रहेको थियो । कम्पनीले यस अबधिमा ९५ हजार ८ सय २५ वटा ९संख्या० बीमा लेख जारी गरेको छ भने जुन गत वर्षको भन्दा बढी हो । कम्पनीले यस अबधिमा २ हजार ४ सय ८१ वटा ९संख्या० कुल दाबी भुक्तानी गरेको छ ।

कम्पनीको प्रति शेयर आम्दानी २६ दशमलब ३९ रुपैयाँ, प्रति शेयर नेटवर्थ २ सय ५१ दशमलव २५ रुपैयाँ, तरलता अनुपात १ दशमलब ८४ गुणा र पि।ई। अनुपात ३२ दशमलब ४० गुणा रहेको छ ।

प्रकाशित : १ फाल्गुन २०७५, बुधबार १३:३९