मेरो माइक्रोफाइनान्सको हकप्रद फागुन १९ देखि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मेरो माइक्रोफाइनान्सको हकप्रद फागुन १९ देखि



काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले फागुन १९ गतेदेखि १०० प्रतिशत हकप्रद सेयर खुला गर्ने भएको छ । कम्पनीले १ः१ अनुपातमा ३२ लाख ८९ हजार कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । माघ २३ गतेसम्म कायम सेयरधनीले यो हकप्रद भर्न पाउनेछन् । आवेदन दिने म्याद चैत २४ गतेसम्म रहनेछ ।

हाल मेरो माइक्रोफाइनान्सको चुक्ता पुँजी ३२ करोड ८९ लाख रुपैयाँ छ । १०० प्रतिशत हकप्रद सेयर निष्कासनपछि पुँजी ६५ करोड ६७ रुपैयाँ पुग्नेछ ।

कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ६ करोड १८ लाख ५८ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ३७ रुपैयाँ ६२ पैसा (वार्षिक) रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ १४२ रुपैयाँ १५ पैसा छ । बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ । लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल, राष्ट्रिय नाचघर जमल काठमाडौं तथा मेरो माइक्रोफाइनान्सको अधिकांश शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

यसैगरी, आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिनेछ ।

प्रकाशित : १ फाल्गुन २०७५, बुधबार ०८:१४