ग्लोबल आइएमई बैंक र युनिभर्सल कलेज अफ मेडिकल साइन्स एन्ड टिचिङ अस्पतालबिच सम्झाैता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

ग्लोबल आइएमई बैंक र युनिभर्सल कलेज अफ मेडिकल साइन्स एन्ड टिचिङ अस्पतालबिच सम्झाैता



काठमाडौं । ग्लोबल आइएमई बैंक र युनिभर्सल कलेज अफ मेडिकल साइन्स एन्ड टिचिङ अस्पताल, भैरहवाबीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुटसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा युनिभर्सल टिचिङ अस्पतालका वरिष्ठ प्रशासकीय अधिकृत अजय कुमार पीएस र ग्लोबल आइएमई बैंकका भैरहवा शाखाका प्रमुख दिलिप डाँंगीले हस्ताक्षर गर ।
बैंकले ५ नम्बर प्रदेशका ग्राहकलाई गुणस्तरीय उपचारमा सहुलियत दिने उद्देश्यले अस्पतालसँग दुईपक्षीय सम्झौता गरेको हो । सम्झौतापश्चात् युनिभर्सल टिचिङ अस्पतालमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकको डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक तथा ग्लोबल आइएमई बैंकका कर्मचारीले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा २० प्रतिशतसम्म छुट पाउनेछन् ।

प्रकाशित : २९ माघ २०७५, मंगलवार १३:४५