प्रभु बैंकको नयाँ शाखा डडेलधुरामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

प्रभु बैंकको नयाँ शाखा डडेलधुरामा



काठमाडौ । प्रभु बैंकले डडेलधुरा जिल्लाको नवदुर्गा गाउँपालिका वडा नं. ४ मा आइतबारदेखि बैंकको नवदुर्गा शाखा कार्यालय सञ्चालनमा आएको छ । नवदुर्गा गाउँपालिकाका अध्यक्ष कबिन्द्र बिष्टबाट एक समारोहका विच बैंकको नवदुर्गा शाखा कार्यालयको उद्घाटन भएको थियो ।

शाखा कार्यालय उद्घाटन कार्यक्रममा डडेलधुरा जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैतीक दलका प्रतिनिधीहरु, उद्योग वाणिज्य संंघ डडेलधुराका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

नवदुर्गा शाखा कार्यालयबाट यहाँका स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने बैंकले जनाएको छ ।

प्रकाशित : २८ माघ २०७५, सोमबार १०:०३