युनिभर्सल पावर कम्पनीको आइपीओ खुल्यो,न्यूनतम ५० देखि ५० लाख कित्तासम्म भर्न मिल्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

युनिभर्सल पावर कम्पनीको आइपीओ खुल्यो,न्यूनतम ५० देखि ५० लाख कित्तासम्म भर्न मिल्ने



काठमाडाै । युनिभर्सल पावर कम्पनीले माघ २५ गतेदेखि सर्वसाधारणलाई आइपीओ बिक्री गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयले नकिनेको १७ लाख ६६ हजार १५० कित्तासमेत गरी कुल ९३ लाख २७ हजार ४१० कित्ता आइपीओ निष्कासन गर्न लागेको हो ।

यसमध्ये १ लाख ८६ हजार ५४८ कित्ता सेयर कर्मचारी र ४ लाख ६६ हजार ३७० कित्ता सेयर सामुहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी ८६ लाख ७४ हजार ४९२ कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

यो आइपीओमा माघ २९ गतेसम्म आवेदन दिन सकिनेछ । यस अवधिमा सबै सेयर नबिकेमा भने फागुन २६ गतेसम्म भर्न सकिने व्यवस्था छ । न्यूनतम ५० देखि अधिकतम ५० लाख कित्ताका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले सी–आस्वाबाट आवेदन दिनुपर्नेछ ।

युनिभर्सलले दोलखा जिल्लामा ११ मेगावाटको तल्लो खारे खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यसको अनुमानित लागत २ अर्ब ४ करोड ६० लाख रुपैयाँ रहेको छ । यसको विद्युत उत्पादन अनुमतिको बाँकी अवधि २९ वर्ष रहेको छ । युनिभर्सलको आइपीओलाई इक्रा नेपालले ‘ग्रेड ४’ रेटिङ दिएको छ ।

प्रकाशित : २५ माघ २०७५, शुक्रबार ०८:२९