युनाइटेड इन्स्योरेन्सले  हकप्रद सेयर जारी गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

युनाइटेड इन्स्योरेन्सले  हकप्रद सेयर जारी गर्ने



काठमाडौँ । युनाइटेड इन्स्योरेन्सले  दश बराबर २४ कित्ताको दरले हकप्रद सेयर जारी गर्ने भएको छ ।

कम्पनीको यही माघ २२ गते बसेको सञ्चालक समितिको बैठकले दश बराबर २४ कित्ताको दरमा हकप्रद जारी गर्ने निर्णय गरेको हो।

सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७४÷७५ को वार्षिक साधारणबाट पूँजी वृद्धि गर्न समयको अभाव भएको र बीमा समितिले तोकेको समयसीमाभित्र पूँजी वृद्धि गर्नुपर्ने अवस्थालाई मध्यनजर गर्दै हकप्रद जारी गर्नुपरेको जनाएको छ ।

रु ३० करोड २४ लाख चुक्ता पूँजी रहेको इन्स्योरेन्सको प्रस्तावित हकप्रदपछि चुक्ता पूँजी रु एक अर्ब दुई करोड ८१ लाख ६० हजार पुग्नेछ ।

प्रकाशित : २३ माघ २०७५, बुधबार १२:०३