नेप्सेमा ८ दशमलव ५७ अंकको गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेप्सेमा ८ दशमलव ५७ अंकको गिरावट



काठमाडौं । आईतबारसाताको पहिलो दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८ दशमलव ५७ अंकले गिरावट अाएको छ ।

आइतबार १ लाख ५२ हजार ७ हजार ७०६ कित्ता शेयर ४१ करोड ५७ लाख ७३ हजार ६०३ रुपैयाँमा कारोबार भएको छ । आज कारोबारमा आएका समूहमा व्यापार समूहबाहेक सबै समूहमा गिरावट आएको छ । सबैभन्दा धेरै जीवन बीमा समूह ३७ दशमलव ५३ अंकले ओरालो लागेको छ ।

त्यस्तै आज सबैभन्दा धेरै माछापुच्छे बैंकको संस्थापकतर्फ ५ करोड ९३ लाख ५ हजार ४४८ रुपैयाँको कारोबार भएको छ । आजको कारोबारबाट विजय लघुवित्त, जनउत्थान सामुदाष्कि लघुवित्त कम्पनीका लगानीकर्ताहरुले धेरै कमाउँदा सानिमा इक्वीटी फन्ड, आरम्भ माइक्रो फाइनान्सलगायतका कम्पनीका लगानीकर्ताले धेरै गुमाएका छन् ।

आज ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि १ दशमलव ७२ अंकले घटेर २४५ दशमवल शून्य ८ अंकमा झरेको छ ।

प्रकाशित : २० माघ २०७५, आईतवार १५:५७