बैककाे ब्याजदरमा नयाँ सहमति « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

बैककाे ब्याजदरमा नयाँ सहमति



काठमाडौं । नेपाल बैंकर्स संघले संस्थागत निक्षेपको नविकरण गर्दा ब्याज बढाउन पाउने गरी सहमति गरेको छ । गत साता केही बैंकहरुले निक्षेप जोगाउन आफुसँग भएको निक्षेप नविकरणमा ब्याजदर बढाएको भन्दै बसेको बैठकले नयाँ सहमति गरेको हो ।

गत साता तीनवटा बैंकले बैंकर्स संघको भद्र सहमति विपरित ब्याजदर बढाएर निक्षेप नविकरण गरेपछि बैंकहरुको ब्यापक विरोध भएको थियो ।  बैंकर्स संघले एकमहिना अघि संस्थागत निक्षेपमा साढे आठ प्रतिशत सम्म ब्याज दिन पाउने सहमति गरेको थियो । यसमा बैंकहरुले १ प्रतिशत सम्म थप गरी साढे नौ प्रतिशत सम्म ब्याज दिन पाउने व्यवस्था गरिएको थियो ।

आफुसँग भएको निक्षेप बाहिरीन थालेपछि गत साता तीनवटा बैंकले संघको भद्र सहमति तोडदै  ८ दशमलव ९९ प्रतिशत सम्म ब्याज दिने निर्णय गरी ब्याजदर प्रकाशित गरेका थिए । यसबाट विरोध बढेपछि बैंकर्स संघको बैठक आइतबार बिहान बसेको थियो । तर बैंकहरुले आफ्नो निक्षेप बाहिरीन थालेको बताएपछि संघले नयाँ सहमति गरेको हो ।

प्रकाशित : २० माघ २०७५, आईतवार १३:०३