गरिमा विकास बैंकद्धारा लाजिम्पाटमा वैदेशिक मुद्राको कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

गरिमा विकास बैंकद्धारा लाजिम्पाटमा वैदेशिक मुद्राको कारोबार



काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले बैदेशिकमुद्राको कारोबार सुरुवात गरेको छ । साे विकास बैंकका अध्यक्ष चन्द्रकान्त बरालले विकास बैंकको शाखा कार्यालय लाजिम्पाटबाट यो सेवाको उद्घाटन गरेका हुन् । विकास बैंकका ग्राहकहरुले परिवत्र्य विदेशी मुद्राहरु खरिद, बिक्री र पासपोर्ट बापतको सटही सुविधा प्राप्त गर्ने भएका छन् ।

गरिमा विकास बैंकको काठमाण्डौं उपत्यकाभित्र ८ वटा शाखा सहित देशभर ६६शाखा तथा १५ वटा एटीएम संचालनमा छन । विकास बैंकले चाडै पर्साको वीरगंज, चितवनको टांडी र मिलनचोक, दाङ्गको तुल्सीपुर, बांकेको कोहलपूर, कञ्चनपुरको महेन्द्रनगर,कास्कीको हेम्जा, नुवाकोटको बट्टार र लमजुङ्गको बेसीशहरमा समेत शाखा कार्यालय खोल्दैछ ।

विकास बैंकले आर्थिक बर्ष २०७५र७६ को दोश्रो त्रैमासको अन्त्यसम्ममा रु.२६ अर्ब ९८ करोड निक्षेप संकलन गरी रु.२३ अर्ब ५२ करोड कर्जा लगानी गरेको छ । साथै विकास बैंकले गतबर्षको तुलनामा नाफामा ५४.८१ प्रतिशतले बृद्धि गरी रु.४३ करोड ९३ लाख सञ्चालन मूनाफा आर्जन गरेकाे छ ।

प्रकाशित : १७ माघ २०७५, बिहीबार १८:०१