ज्योति विकास बैंकले खोल्यो एकैपटक ५ ठाउँमा नयाँ शाखा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

ज्योति विकास बैंकले खोल्यो एकैपटक ५ ठाउँमा नयाँ शाखा



काठमाडौं / ज्योति विकास बैंकले एकैपटक ५ ठाउँमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले सर्लाहीको हरिवन, सप्तरीको रुपनी, बाराको परवानीपुर र निजगढ तथा उदयपुरको गाईघाटबाट बुधबारदेखि बैंकिङ कारोबार सुरु गरेको छ ।

नयाँ शाखाहरुको सम्बन्धित गाउँ तथा नगरपालिकाका प्रमुखहरुले उद्घाटन गरेका छन् । नयाँ थपिएसँगै ज्योतिको शाखा कार्यालयहरु ८५ वटा पुगेका छन् । यस्तै, बैंकले २२ वटा एटीएम सेवा दिइरहेको जनाएको छ ।

यसै आर्थिक वर्षभित्र थप ५ वटा नयाँ शाखा तथा २७ स्थानमा एटीएम सेवा सुरु गर्ने प्रक्रियामा रहेको बैंकले जनाएको छ । ज्योतिले हाम्रो बिकास बैंकलाई एक्वायर गरी एकीकृत कारोबार सुरु गर्ने तयारी गरिरहेको छ । एक्विजिसनपछि बैंकको चुक्ता पुँजी चुक्ता पुँजी ३ अर्ब १० करोड पुग्नेछ ।

प्रकाशित : १७ माघ २०७५, बिहीबार १७:२१