एनआईसी एशियाले २५ प्रतिशत हकप्रद पनि निष्काशन गर्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

एनआईसी एशियाले २५ प्रतिशत हकप्रद पनि निष्काशन गर्दै



210539670_1453629741काठमाडौं । एनआईसी एशिया बैंकले लगानीकर्तालाई दिन प्रस्ताव गरेको ३९ प्रतिशत बोनश सेयर साधारणसभाले पारित गरेको छ । बैंकको बिराटनगरमा सम्पन्न अठारौं वार्षिक साधारण सभाले गत आर्थिक बर्षको मुनाफाबाट ३९ दशमलव ५ बोनस शेयर, कर प्रयोजनको लागि २ दशमलव ०५५ नगद लाभांश पारित गरेको हो ।

त्यस्तै बैंकको सभाले बोनस शेयर वितरण पश्चात चार सेयर बराबर एक सेयरको अनुपातमा हकप्रद शेयर जारी गर्न स्वीकृत प्रदान समेत गरेको छ ।

बैंकले गत आर्थिक बर्षमा ६९ करोड २४ लाख ७४ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । २ अर्ब ६५ करोड रुपैंया चुक्ता पूँजी रहेको बैंकको बोनस शेयर वितरण पश्चात चुक्ता पूँजी ३ अर्व ७० करोड रुपैंया पुग्नेछ । बोनसपछिको हकप्रद निष्काशन पश्चात बैकको चुक्ता पूँजी झण्डै ४ अर्ब ६५ करोड रुपैयाँ पुग्नेछ ।

प्रकाशित : १० माघ २०७२, आईतवार १३:४८