अाेम डेभलपमेन्टकाे खुद मुनाफा २४ करोड २ लाख « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

अाेम डेभलपमेन्टकाे खुद मुनाफा २४ करोड २ लाख



काठमाडौं। ओम डेभलपमेन्ट बैंक लिमिटेडको दोस्रो त्रैमासमा खुद मुनाफा २४ करोड २ लाख रुपैयाँ आर्जन गरेको छ । जुन गतवर्षको सोहिअवधिको तुलनामा मुनाफा ५९ दशमलव ८५ प्रतिशतले वृद्धि गरेको हो । गत वर्षको सोही अवधिमा नाफा १५ करोड ३ लाख रुपैयाँ कमाएको थियो ।

ओम बैंकको चुक्ता पुँजी २ अर्ब ५१ करोड ५२ लाख रुपैयाँ रहेको छ भने जगेडाकोषमा १ अर्ब ४ करोड २८ लाख रुपैयाँ छुटाएको छ ।

बैंकले निक्षेपमा २३ अर्ब ६८ करोड ४७ लाख रुपैयाँ संकलन गरी कर्जामा २१ अर्ब ३४ करोड ६७ लाख रुपैयाँ लगानी गरको छ । जसले खुद व्याज आम्दानीमा ६१ दशमलव ४९ प्रतिशतले बढेर ५२ करोड ३ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफामा ६८ दशमलव ०१ प्रतिशतले बढेर ३७ करोड ३२ लाख रुपैयाँ पुगेको छ । प्रोभिजनमा ६ करोड १८ लाख रुपैयाँ छुटाएको छ ।

बैंकको निष्कृय कर्जा शुन्य दशमलव ६० प्रतिशत, जोखिम युक्त सम्पत्ति १५ दशमलव ४१ प्रतिशत, प्रतिशेयर आम्दानी वार्षिक १९ रुपैंया ११ पैसा, प्रतिशेयर नेटवर्थ १४१ रुपैयाँ ४६ पैसा, मूल्य आम्दानी अनुपात १० दशमलव ३१ गुणा र तरलता अनुपात २४ दशमलव ३७ प्रतिशत रहेको छ ।

प्रकाशित : 25 January, 2019 12:50 pm