“मुक्तिनाथविकास बैंक ललितपुरको कुपण्डोलमा” « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

“मुक्तिनाथविकास बैंक ललितपुरको कुपण्डोलमा”



काठमाडौ । आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकै साथ संचालनगर्दै आएको मुक्तिनाथविकास बैंकले ललितपुरको, कुपण्डोलमा शाखा खोलेको छ ।

ललितपुर महानगर पालिकाका मेयर चिरीबाबु महर्जनले उक्तशाखाकार्यालयको समुद्घाटन गरे । शाखाकार्यालय समुद्घाटन गर्नु हुँदै प्रमुख अतिथि ी महर्जनले बैंकिङ्ग कारोवारमा सहज र सरल हुनुपर्नेमा जोड दिनु भयो ।मुक्तिनाथ विकास बैंकले आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवाएकै साथप्रदानगर्नु उल्लेखनीयरहेको तथाआगामीदिनमा बैंकले अझ गुणस्तरीय सेवाप्रदानगर्दै सामाजिक तथा आर्थिक विकासमाथप योगदान पु¥याउन सफलबनोस् भन्दै शुभकामना व्यक्त गरे ।

उक्त कार्यक्रममा संचालक समितिका सदस्यश्री नारायण कुमार श्रेष्ठले स्वागत रयस विकास बैंककाब्रान्ड एम्बेसडरसीताराम कट्टेल ( धुर्मुस ), फ्रेण्डस् क्लवकाअध्यक्षश्री राजीव राजपौडेलले बैंकको सफलताको शुभकामना मन्तब्य राखे ।

बैंकका प्रमुखकार्यकारी अधिकृत प्रद्युमन पोखरेलले बैंकको वर्तमान अवस्था र सेवा विस्तारमा बैंकले लिने भावी रणनीतिको बारेमा जानकारी गराए । यस विकास बैंकले लिएको समावेशीवित्तीयपहुँचविस्तारलाई अझै विस्तार गरी लघुउद्यम तथा लघु व्यवसायविस्तारमाजोड दिने बताउनु भयो ।त्यसैगरी यस बैंकको व्यवसाय बृद्धिसंगै भावीदिनमा सामाजिकउत्तरदायित्वको कामलाई प्राथमिकताको रुपमा स्थानीयनिकायसंग सहकार्य गरी अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

उद्घाटन समारोहका सभाध्यक्षतथा संचालक समितिका सदस्यश्री गजेन्द्र मानश्रेष्ठले सदैव गुणस्तरीय सेवाप्रदानगर्दै अगाडी बढ्ने र विभिन्नवित्तीयतथा गैर वित्तीय सेवाको माध्यमद्धारा देशको अर्थतन्त्र र आवश्यकतामा बैंकले पनि योगदानदिने प्रतिबद्धता जनाए ।

मुक्तिनाथविकास बैंकको हाल सम्मकाठमाण्डौ उपत्यकाभित्रकुपण्डोललगायतमहाराजगंज, कमलादी, सीतापाईला, कुलेश्वर, लगनखेल, न्यूरोड, नयाँबानेश्वर, चावहील, माछापोखरी, कोटेश्वर, जोरपाटी, ठमेल र भक्तपुरको कमलविनायक गरी १४ शाखाहरु संचालनमाआई सकेका छन्भने,इमाडोल, भैसेपाटी, ठिमी, बनेपा, ढुङ्गेअड्डा, बत्तीसपुतलीबाट पनि शीघ्र औपचारिक रुपमासेवा सञ्चालनको तयारीमा रहेको छ ।

प्रकाशित : ११ माघ २०७५, शुक्रबार १२:१०