कुमारी बैंकको नाफा ६७ करोड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

कुमारी बैंकको नाफा ६७ करोड



काठमाडौं। कुमारी बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ६७ करोड ६२ लाख ४४ हजार रुपैयाँ कमाएको छ । यो बैंकको यस्तो आम्दानी गत वर्षको सोही अवधिमा ५२ करोड २० लाख ४२ हजार रुपैयाँ रहेको थियो ।

यो बैंकले व्याज वापतको आम्दानी ४ अर्ब ४२ करोड रुैयाँ कमाएको छ भने यसले व्याज वापतको खर्च २ अर्ब ९१ करोड रुपैयाँ भएको पनि उल्लेख गरेको छ । यो बैंकको सञ्चालन नाफा ९६ करोड ६० लाख पुगेको छ । यस्तो नाफा गत वर्षको सोही अवधिमा ७४ करोड ५७ लाख रुपैयाँ रहेको थियो ।

बैंकको निक्षेप संकलन ७५ अर्ब ४४ करोड रुपैयाँ गरेर ७० अर्ब रुपैयाँको कर्जा लगानी गरेको छ । गत वर्ष यो अवधिसम्ममा यस्तो निक्षेप संकलनको रकम ५७ अर्ब ८४ करोड रुपैयाँ संकलन गरेर यसबाट भएको कर्जा लगानी ५० अर्ब ७५ करोड मात्रै थियो ।

यसले सापटीवापत लिएको रकम १ अर्ब १४ करोड छ । ७ अर्ब १६ करोड चुक्त पुँजी रहेको बैंकको जगेडा कोषमा ४ अर्ब २९ करोड रुपैयाँ छ । यो बैंकको कर्जा तथा निक्षेप अनुपात (सीडी रेसियो) ७८.०७ प्रतिशत रहेको छ । निष्क्रिय कर्जा अनुपात १.२२ छ । यसको प्रति शेयर आम्दानी १८ रुपैयाँ ८१ पैसा, खुँद व्याजदर ३.३८ प्रतिशत, पुँजीकोष ८.१२ प्रतिशत रहेको छ ।

प्रकाशित : ८ माघ २०७५, मंगलवार १४:०७