पोलिमर नोट घोटाला प्रकरणका आरोपी पूर्व  गर्भनर रावल तारिखमा रिहा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

पोलिमर नोट घोटाला प्रकरणका आरोपी पूर्व  गर्भनर रावल तारिखमा रिहा



काठमाड। पोलिमर नोट घोटाला प्रकरणका आरोपी पूर्व  गर्भनर डा. तिलक रावल तारिखमा रिहा भएका छन् ।  १० लाख रकम धरौटी बुझाएपछि  उनलाई बिशेष  अदालतले तारिखमा रिहा गरेको हो ।

 अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ५ पुस २०७५ मा रावलसहित नेपाल राष्ट्र बैंक, नोट विभागका तत्कालीन प्रमुख उपेन्द्रकेशरी पौड्याल र स्थानीय एजेन्ट हिमालयबहादुर पाण्डेविरुद्ध भ्रष्टाचार मुद्दा विशेष अदालतमा दर्ता गरेको हो।

नेपाल राष्ट्र बैंकबाट अस्ट्रेलियामा १० रुपैयाँको पाँच करोड थान पोलिमर नोट छपाइ गर्दा अस्ट्रेलियाको स्थानीय एजेन्टमार्फत् आर्थिक लेनदेन गरेको, गुणस्तरहीन नोट छपाइ भएको, नोट प्रिन्टिङ अस्ट्रेलियासँग गैरकानुनी मिलेमतो गरी उक्त स्थानीय एजेन्टमार्फत् आर्थिक लेनदेन गरेको, गुणस्तरहीन नोट छपाइ भएको उजुरीको अनुसन्धानमा तीन जना दोषी देखिएका थिए।

प्रकाशित : ८ माघ २०७५, मंगलवार १३:०२