जनता क्यापिटललाई नेपाल धितोपत्र बोर्डले दियो धितोपत्र व्यवसायी अनुमती « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

जनता क्यापिटललाई नेपाल धितोपत्र बोर्डले दियो धितोपत्र व्यवसायी अनुमती



काठमाडौ । जनता बैंक नेपालको लगानीमा स्थापना भएको जनता क्यापिटल लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले धितोपत्र व्यवसायी अनुमती दिएको छ ।

धितोपत्र सम्बन्धि ऐन, तथा सो अन्र्तगत बनेका नियम, निर्देशिकाको अधिनमा रही धितोपत्र व्यवसायी अर्थात मर्चेन्ट बैंकरको रुपमा अनुमति दिइएको हो ।

अनुमति पाएसँगै अव जनता क्यापिटलले निष्काशन तथा बिक्री प्रबन्ध, धितोपत्र प्रत्याभूति, शेयर रजिष्ट्रेशन, लगानी व्यवस्थापन र संस्थागत परामर्श सेवा दिन पाउने भएको छ ।

प्रकाशित : ८ माघ २०७५, मंगलवार १२:४५