युनाईटेड फाईनान्सकाे नाफा कति ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

युनाईटेड फाईनान्सकाे नाफा कति ?



काठमाडौं । युनाईटेड फाईनान्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३ करोड ३३ लाख रुपैयाँ नाफा कमाएको छ । यो वित्तीय संस्थाले गरकेो आम्दानी गत वर्षको सोही अवधिमा १ करोड ४ लाख रुपैयाँ थियो । यो संस्थाले व्याज आम्दानीबाट ४१ करोड ४६ लाख रुपैयाँ कमाएको छ भने व्याजमा गरेको खर्च २७ करोड ४५ लाख रुपैयाँ छ । यो वित्तीय संस्थाको सञ्चालन मुनाफा १ करोड ८६ लाख रुपैयाँ छ ।

८० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यो वित्तीय संस्थाको जगेडा कोषमा २१ करोड ६८ लाख रुपैयाँ रहेको छ । यसले लिएको सापटी रकम १५ करोड रुपैयाँ छ । यसले चालू आवको दोस्रो त्रैमाससम्म्ममा संकलन गरेको निक्षेप ५ अर्ब ९७ करोड रहेको छ ।

यसले गरेको कर्जा लगानी ५ अर्ब ३४ करोड रुपैयाँ छ । यसले ४७ करोड रुपैयाँ जगेडा कोषमा पनि राखेको छ । प्रति शेयर आम्दानी ८.३३ पैसा रहेको यसको प्रति शेयर नेटवर्थ भने १२९ रुपैयाँ ९ पैसा रहेको छ ।

प्रकाशित : ८ माघ २०७५, मंगलवार ११:२४