भारतिय ठुला नाेटकाे काराेबार नगर्न राष्ट्र बैंककाे अनुराेध « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

भारतिय ठुला नाेटकाे काराेबार नगर्न राष्ट्र बैंककाे अनुराेध



काठमाडौं । नेपाल राष्ट्र बैंकले h ठूला नोटको कारोबार नगर्न भनेको छ ।

आइतबार परिपत्र जारी गर्दै राष्ट्र बैंकले दुई सय, पाँच सय, हजार र दुई हजार दरका भारतीय नोटको कारोबार नगर्न सूचित गरेको हो ।

एकीकृत परिपत्र २०७४ संशोधन गर्दै केन्द्रिय बैंकले पुराना भारु पहिलेनै प्रतिबन्ध लगाइएको र नयाँ भारु २००, ५००, १००० र २००० का नोटहरु पनि कारोबार नगर्न भनेको हो ।

पुराना ठूला नोट ९ नोभेम्बर २०१६ देखि नै भारतीय रिजर्ब बैंकले चलन चल्तीबाट हटाइसकेको छ ।

भारु सय र त्यो भन्दा तलका नोट प्रयोग गर्न पाइने बैंकले जनाएको छ ।

यी नोट भारत बाहेक अन्य मुलुकमा लैजान र नेपाल ल्याउन नपाउने पनि बैंकले जनाएको छ ।

प्रकाशित : ६ माघ २०७५, आईतवार २१:२१