गुराँस लाइफ इन्स्योरेन्सकाे ८ प्रतिशत लाभांश घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

गुराँस लाइफ इन्स्योरेन्सकाे ८ प्रतिशत लाभांश घोषणा



काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ८ प्रतिशत लाभांश घोषणा गरेको छ ।

कम्पनी पुस ३० गते बसेको संचालक समितिको बैठकबाट शेयरधनीलाई कायम चुक्ता पुँजीको ८ प्रतिशत बोनस शेयर र शुन्य दशमलव ४२१ प्रतितश कर प्रयोजनका लागि नगद लाभांश वितरण गर्ने प्रस्ताव रहेको छ ।

उक्त लाभांश वित्तीय विवरण स्वीकृत गरेको र उक्त प्रस्ताव बीमा समिति र आगामी साधारण सभाबाट पारित भएपश्चात वितरण गर्ने निर्णय भएको छ ।

कम्पनीको ८ प्रतिशतले हुने ४ करोड ७५ लाख २० हजार रुपैयाँ र शुन्य दशमलव ४२१ प्रतिशतले हुने २५ लाख ०१ हजार ५३ रुपैयाँ नगद लाभांश दिने भएको छ ।

प्रकाशित : १ माघ २०७५, मंगलवार १२:२६