सनराइज बैंकले सेयरधनीलाई साढे ११ प्रतिशत नगद लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सनराइज बैंकले सेयरधनीलाई साढे ११ प्रतिशत नगद लाभांश दिने



काठमाडौं । सनराइज बैंक लिमिटेडले सेयरधनीलाई साढे ११ प्रतिशत नगद लाभांश दिने भएको छ । आइतबार(आज) सम्पन्न बैंकको ११औँ वार्षिक साधारणसभाले संचालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।

सभाले पारित गरेबमोजिम बैंकले हालको चुक्ता पुँजीको सो मात्रा अर्थात ९३ करोड ७५ लाख रुपैयाँ नगद लाभांश(कर सहित) वितरण गर्ने भएको छ ।

सो सभाबाट संस्थापक समूह‘क’तर्फबाट ३ जना सञ्चालक मोतीलाल दुगड, मालचन्द दुगड र ई. बच्छराज तातेड निर्विरोध निर्वाचित भएका छन् । साथै, सोही साधारण सभाबाट सर्वसाधरण समूह ‘ख’तर्फबाट ३ जना सञ्चालक शैलेन्द्र गुरागाई, शारदा शर्मा पुडासैनी र दीपक नेपाल निर्वाचित भएका छन् ।

साथै, संचालक समितिको तर्फबाट मोतीलाल दुगडलाई सवर्सम्मत रुपमा अध्यक्षमा चयन गरिएको छ ।

प्रकाशित : ३० पुष २०७५, सोमबार ०९:००