नेप्से घट्यो , लगानीकर्तामा मनोबल घट्दो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेप्से घट्यो , लगानीकर्तामा मनोबल घट्दो



काठमाडौं। नेप्से आज आईतबार पाँच दसमलव ७८ अंकले घटेर ११ सय ७५ दसमलव पाँच अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ एक दसमलव २३ अंकले घटेर दुुई सय ४९ दसमलव ४२ अंकम पुुगेको छ ।

एक सय ५८ कम्पनीहरुको चार हजार नौ सय ७६ वटा कारोवारम ११ लाख ६३ हजार सात सय ८१ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम ३७ करोड २९ लाख १५ हजार सात सय छ रुपैयाँ पुुगेको छ ।

१० वटा समुहको कारोवर भएकोमा उत्पादनमुलक र अन्य समुहको सुचक बढेकाछन भने बाँकी समुहको सुचक घटेका छन् । बाँणिज्य बैंक समुहको सुचक छ दसमलव ३२ अंकले घटेर एक हजार १० दसमलव ८५ अंकमा पुुगेको छ ।

प्रकाशित : २९ पुष २०७५, आईतवार १५:४४