नेपाल इन्भेष्टमेन्ट बैंकको साधारणसभा आज,यस्ता छन एजेन्डा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेपाल इन्भेष्टमेन्ट बैंकको साधारणसभा आज,यस्ता छन एजेन्डा



काठमाडाै । नेपाल इन्भेष्टमेन्ट बैंकको ४०प्रतिशत लाभांश पारित गर्न आइतबार (पुस २९ गते) साधारण सभा बस्दैछ । सभामा बैंकले गत वर्षको नाफाबाट १८ प्रतिशत बोनस र २२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाने छ ।

बैंकले सहायक कम्पनी मार्फत सेयर ब्रोकरको सेवा प्रदान गर्ने प्रस्ताव पनि पेश गर्नेछ ।

सभा राष्ट्रिय सभा गृहमा बिहान १० बजे सुरु हुने बैंकले जानकारी दिएको छ । बैंकको आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुनेछ । यस्तै, आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।

सभा प्रयोजनका लागि इन्भेष्टमेन्ट बैंकले पुस ११ गतेबाट सभा हुने दिनसम्म बुक क्लोज गरेको छ । यसर्थ, पुस १० गतेसम्म कायम सेयरधनीले यो लाभांश पाउनेछन् ।

हाल बैंकको चुक्ता पुँजी १० अर्ब ६४ करोड ५५ लाख ९९ हजार रुपैयाँ छ । प्रस्तावित बोनस सेयर वितरणपछि भने चुक्ता पुँजी १२ अर्ब ५६ करोड १८ लाख ६ हजार ८२० रुपैयाँ पुग्नेछ ।

प्रकाशित : २९ पुष २०७५, आईतवार ०९:०५