किसान माइक्रोफाइनान्सले ४ हजार २ सय ८० कित्त शेयरको लिलामीबाट बिक्री गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

किसान माइक्रोफाइनान्सले ४ हजार २ सय ८० कित्त शेयरको लिलामीबाट बिक्री गर्ने



काठमाडौ । किसान माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले ४ हजार २ सय ८० कित्त शेयरको लिलामीबाट बिक्री गर्ने भएको छ । यो वित्तीय संस्थाले संस्थापक समूहतर्फको ४ हजार ९७ र सर्वसाधारण समूहतर्फको १८३ कित्ता गरी कुल ४ हजार २८० कित्ता शेयरेको लिलामीबाट बिक्री गर्ने भएको हो ।

यो वित्तीय संस्थाले लिलामीबाट बिक्री गर्न चाहेको उक्त शेयरको लागि यही माघ ६ गतेदेखि १३ गतेभित्रै आवेदन दिनुपर्ने बताएको छ । संस्थाले न्युनतम एक सय रुपैयाँ कबोल गरेर बिक्री गर्नुपर्ने व्यवस्था गरेको उत्त शेयरको लागि न्युनतम एक सय कित्ताकै लागि आवेदन दिनुपर्ने छ ।

यो संस्थाले गत मंसिर २ गतेदेखि पुस ८ गतेसम्म बिक्री खुला गरेको हकप्रदमा आवेदन नपरेको शेयर लालामीबाट बेच्ने भएको छ । यसको शेयर हाल प्रतिकित्ता ९२० रुपैयाँमा कारोबार भइरहेको छ । यसको बिक्री प्रवन्धक सिभिल क्यापिटल लिमिटेड हो ।

प्रकाशित : २९ पुष २०७५, आईतवार ०८:५७