एनएमबी बैंकले आफ्ना सेयरधनीलाई ३० प्रतिशत लाभांस दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

एनएमबी बैंकले आफ्ना सेयरधनीलाई ३० प्रतिशत लाभांस दिने



काठमाडौं । एनएमबी बैंकले आफ्ना सेयरधनीलाई ३० प्रतिशत लाभांस दिने भएको छ । बैंकले आफ्नो २३ औं बार्षिक साधारण सभामा उक्त कुराको जानकारी दिएको हो । साधारण सभाले बैंकको को वितरण योग्य मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको १० प्रतिशत बोनश शेयर र २० प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको हो । बैंकको उपरोक्त वोनश शेयर पश्चात चुक्ता पूँजी ९ अर्ब ६१ करोड ८१ लाख पुग्नेछ । हाल बैंकले १ सय १० वटा शाखा, ४ एक्स्टेन्सन काउन्टर तथा ९७ वटा एटिएम मार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित : २७ पुष २०७५, शुक्रबार ०९:४७