उदयपुरको ताप्ली गाउँपालिकामा प्राइम कमर्सियल बैंकको नयाँ शाखा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

उदयपुरको ताप्ली गाउँपालिकामा प्राइम कमर्सियल बैंकको नयाँ शाखा



काठमाडौँ । आफ्नो शाखा संजाल बिस्तारको क्रममा बुधबार प्राइम कमर्सियल बैंक लिमिटेडले उदयपुरको ताप्ली गाउँपालिकामा शाखाको शुभारम्भ गरेको छ ।

नयाँ शाखाको संचालनपछि बंैकको शाखा कार्यालय संख्या ७१ पुगेको छ ।

स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा आज एक समारोहका बिच ताप्ली गाउँपालिका अध्यक्ष उद्धव सिंह थापाले शाखा कार्यालय ताप्लीको उद्घाटन गरे ।

बैंकले आगामी दिनहरुमा पनि शाखाहरुको संजाल बिस्तार गर्दै आफ्नो सेवा दिन अग्रसर रहेको प्रतिवद्धता प्रकट गरेको छ ।

साथै बैंकले निक्षेपकर्ता तथा ग्राहकहरुलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप चुस्त, आत्मीय र ग्राहकमुखी बनाउने बताएको छ ।

प्रकाशित : २६ पुष २०७५, बिहीबार १०:२८