नेपाल बंगलादेश बैंकको साधारण सभा आज « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेपाल बंगलादेश बैंकको साधारण सभा आज



काठमाडौं / नेपाल बंगलादेश बैंकले बिहीबार (आज ) साधारण सभा डाकेको छ । बैंकले १०.५३प्रतिशत नगद लाभांश पारित गर्ने प्रस्ताव पेश गर्दैछ । बंगलादेश बैंकले गत आर्थिक वर्षको कमाईबाट १०.५३ प्रतिशत नगद लाभांश दिन लागेको हो । नगद लाभांश वितरणमा बैंकले ८५ करोड १३ लाख ९९ हजार ९१९ रुपैयाँ खर्च गर्नेछ ।

साधारण सभा राष्ट्रिय सभा गृहमा बिहान १० बजे सुरु हुनेछ । बैंकको आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान सम्बन्धी हिसाब किताबका सम्बन्धमा पनि छलफल हुनेछ । यस्तै, आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि हुनेछ ।

बैंकको प्रबन्धपत्र संशोधन गर्नुपरेमा त्यसको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव समेत पेश गरिदैछ । साधारण सभा गर्नका लागि बैंकले पुस १५ गते बुक क्लोज गरेको छ । पुस १४ गतेसम्म कायम सेयरधनीले नगद लाभांश पाउनेछन् ।

प्रकाशित : २६ पुष २०७५, बिहीबार ०९:२९