सेन्चुरी बैंकको पुस १८ गते देखि १८ लाख ७० हजार २७४ कित्ता सेयर लिलामी खुल्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सेन्चुरी बैंकको पुस १८ गते देखि १८ लाख ७० हजार २७४ कित्ता सेयर लिलामी खुल्दै



काठमाडाै । सेन्चुरी बैंकले पुस १८ गते देखि १८ लाख ७० हजार २७४ कित्ता सेयर लिलामी खुला गर्ने भएको छ । बैंकले संस्थापक समूहको १४ लाख ६१ हजार ९९ कित्ता र सर्वसाधारण तर्फको ४ लाख ९ हजार १७५ कित्ता सेयर लिलामी प्रक्रियाबाट बेच्ने योजना छ । यो लिलामीमा न्यूनतम १०० रुपैयाँलाई अधार मानेर बोलपत्र पेश गर्नुपर्ने छ ।

यसमा न्यूनतम १०० कित्तादेखि १० अंकले भाग जाने संख्यामा अधिकतम सबै कित्ताका लागि बोलपत्र पेश गर्न सकिन्छ । लिलामी भर्ने अन्तिम म्याद पुस २५ गते हुनेछ । बिक्री प्रबन्धक सिभिल क्यापिटल, सुन्धारा काठमडौं तथा सेन्चुरी बैंकका विराटनगर, धरान, वीरगञ्ज, नारायणगढ, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढी, बिर्तामोड र हेटौंडा शाखामा बोलपत्र पेश गर्न सकिनेछ ।

प्रकाशित : १७ पुष २०७५, मंगलवार १०:३०