आइएमई जनरल इन्सुरेन्सको ८० प्रतिशत हकप्रद सेयर बिक्री खुला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

आइएमई जनरल इन्सुरेन्सको ८० प्रतिशत हकप्रद सेयर बिक्री खुला



आइएमई जनरल इन्सुरेन्सले मंगलबार (अाज) देखि ८० प्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको छ । कम्पनीले १०ः८ अनुपातमा ४३ लाख २० हजार कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । यसमा माघ २१ गतेसम्म आवेदन दिन सकिनेछ । मंसिर ७ गतेसम्म कायम रहेका सेयरधनीले मात्र यो हकप्रद भर्न सक्नेछन् ।

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल नाचघर, काठमाडौं तथा ग्लोबल आइएमई बैंकको उपत्यकाभित्र नक्साल, गोंगबु, कलंकी, कोटेश्वर, जावलाखेल, न्यूरोड, सल्लाघारी, बौद्ध र टेकु शाखाबाट आवेदन दिन पाइनेछ ।

यस्तै, उपत्यका बाहिर विराटनगर, बुटवल, वीरगञ्ज, पोखरा, बनेपा, नारायण्गढ, नेपालगञ्ज, जनकपुर, दोलखा, सोलुखुम्बु, ओखलढुंगा, भैरहवा, घोराी, हेटौंडा, धनगढी र विर्तामोड शाखाबाट भर्न सकिन्छ । सी–आस्वाको माध्यमबाट पनि आवेदन दिन पाउने व्यवस्था छ ।

प्रकाशित : १७ पुष २०७५, मंगलवार १०:२५