मेगा र हिमालयन बैंकको मूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

मेगा र हिमालयन बैंकको मूल्य समायोजन



काठमाडौं । मेगा बैंकको १ प्रतिशत बोनस शेयरमा मूल्य समायोजन भएको छ । बोनस शेयरपछि प्रतिकित्ता १८० रुपैयाँ १९ पैसा मूल्य समायोजन भएको छ । यसअघि बैंकको औसत आधार मूल्य २१७ रुपैयाँ ६० पैसा थियो ।
बैंकको आगामी साधारणसभामा बोनसका साथै ६.८५ प्रतिशत पनि नगद लाभांश दिने प्रस्ताव पेश हुनेछ ।

त्यस्तै हिमालयन बैंकको पनि ५ प्रतिशत बोनस शेयरमा मूल्य समायोजन भएको छ । बैंकको प्रतिकित्ता ४८९ रुपैयाँ ५२ पैसामा मूल्य समायोजन भएको छ । यसको औसत आधार मूल्य भने ६७४ रुपैयाँ २६ पैसा छ ।

बैंकले आगामी साधारणसभामा ७ प्रतिशत बोनस र १०.७८९५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश गर्ने छ ।

प्रकाशित : १६ पुष २०७५, सोमबार १३:४७