सिटिजन्स बैंकमा खाता खोल्ने हो ? यसरी खोल्नुस घरमा बसी बसी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सिटिजन्स बैंकमा खाता खोल्ने हो ? यसरी खोल्नुस घरमा बसी बसी



काठमाडौं / सिटिजन्स बैंक इन्टरनेसनलले घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा ल्याएको छ । बैंकले सरल, सहज र सुरक्षित तरिकाबाट बैंक खाता खोल्न नयाँ अनलाइन सेवा सञ्चालनमा ल्याइएको जनाएको छ ।

बैंकका अनुसार अब ग्राहकहरुले घरमै बसेर जुनसुकै बेला पनि सिटिजन्स बैंकमा खाता खोल्न सक्नेछन् । वेबसाइटबाटै खाता खोल्न सकिने भएपछि बैंक धाउनुपर्ने झन्झट न्यूनीकरण हुने विश्वास रहेको बैंकले जनाएको छ ।

बैंकले सी–आस्वा, डिम्याट, केवाइसी, मेरो सेयर, स्मार्ट बैंकिङ लगायत सेवाहरु पनि अनलाइनबाटै दिँदै आएको बताएको छ । नेपालभर ८० वटा शाखा, ७५ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ इकाईहरुबाट झण्डै ४ लाख ग्राहकलाई बैंकिङ सेवा दिँदै आएको सिटिजन्स बैंकले जनाएको छ ।

प्रकाशित : १६ पुष २०७५, सोमबार १३:३२