प्राइम कमर्सियल बैंकले १६ प्रतिशत बोनस शेयर वितरण गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

प्राइम कमर्सियल बैंकले १६ प्रतिशत बोनस शेयर वितरण गर्ने



काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेड लिमिटेडले १६ प्रतिशत बोनस शेयर वितरण गर्ने भएको छ ।

कम्पनीले पुस ५ गते बसेको संचालक समितिको बैठकबाट १६ प्रतिशतका दरले १ अर्ब २८ करोड ५३ लाख २७ हजार रुपैयाँ बराबरको बोनस शेयर दिने निर्णय भएको छ ।

हाल कम्पनीको चुक्ता पुँजी ८ अर्ब ३ करोड ३२ लाख ९८ हजार ८७० रुपैयाँ रहेको छ भने बोनस शेयर पश्चात कम्पनीको चुक्ता पुँजी ९ अर्ब ३१ करोड ८६ लाख २६ हजार ६८९ रुपैयाँ पुग्नेछ ।

प्रकाशित : ६ पुष २०७५, शुक्रबार १८:३६