काठमाडौं । कुमारी बैंकको आईतबार बसेको संचालक समितिको बैठकबाट चुक्ता पुँजीको ११ प्रतिशत बोनस सेयर तथा कर प्रयोजनका लागि करिब शुन्य दशमलव ५८ प्रतिशत नगद लाभांश गरि कुल ११ दशमलव ५८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । प्रस्ताबित बोनस शेय
र पारित भए पश्चात बैकको चुक्ता पूँजी २ अर्ब ६९ करोड ९१ लाख रुपैयाँ पुग्नेछ ।
सो प्रस्ताव राष्ट्र बैंकबाट स्वीकृत भएमा र कम्पनीको साधारण सभाबाट पारित गरेपछि शेयरधनीलाई प्रस्ताव बमोजिमको लाभांश वितरण गरिने छ ।
बैंकले चालु आर्थिक बर्षमा ४ करोड ८६ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । त्यसै गरि बैंकले चालु आर्थिक बर्षमा निक्षेपमा ३४ अर्ब ७३ करोड रुपैयाँ र कर्जा तर्फ २७ अर्ब ४६ करोड रुपैयाँ पुर्याएको छ । निस्क्रिय कर्जा २ दशमलव ९१ प्रतिशत, जोखिम युक्त सम्पति ११ दशमलव ३४ प्रतिशत, प्रतिशेयर आम्दानी १५ दशमलव १६ रुपैयाँ र मुल्य आम्दानीको अनुपात २९ दशमलव ०३ गुणा रहेको छ । बैंकको बजार मुल्य भने ४ सय ४० रुपैयाँ रहेको छ । तरलता अनुपात ३२ दशमलव १९ गुणा रहेको छ ।
कुमारी बैंकले गत वर्ष १ दशमलव ७४ प्रतिशत नगद लाभांश र ३३ प्रतिशत बोनस शेयर गरी कुल ३४ दशमलव ७४ प्रतिशत लाभांश वितरण गरेको थियो ।











Comment