आइफोन एक्सएस , एक्सएस म्याक्स, एक्सआर अब मंसिर ७ गतेदेखि नेपालमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

आइफोन एक्सएस , एक्सएस म्याक्स, एक्सआर अब मंसिर ७ गतेदेखि नेपालमा



काठमाडाैँ ।  एप्पलको नेपालका लागि आधिकारिक बितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसन प्रा.लि.ले नेपालमा वर्षौै देखि बजारमा एप्पलका उत्पादनहरु बिक्री गर्दै आएको छ । नेपालमा एप्पलको आइफोन तथा एप्पलका उत्पादनहरु –म्याकबुक्स, आइप्याड, आइम्याक ) को एक मात्र बितरक जेननेक्स्टले आइफोन एक्सएस , एक्सएस म्याक्स, एक्सएसआर यहि नोवेम्बेर २३ तारिख अर्थात मंसिर ७ गते देखि नेपालमा सार्वजनिक गर्ने भएको छ । आइफोन एक्सआर नेपाली बजारमा ६४ जीबी १२८ जीबी र २५६ जीबी स्टोरेजमा उपलब्ध हुनेछ भने ब्ल्याक , रेड, एल्लो , कोरल , ब्लु, व्हाइट कलर अप्सनमा आउने छ । आइफोन एक्सएस नेपाली बजारमा ६४ जीबी, २५६ जीबी र ५१२ जीबी स्टोरेजमा उपलब्ध हुनेछ भने स्पेस ग्रे , सिल्वर , गोल्ड कलर अप्सनमा आउने छ र आइफोन एक्सएस म्याक्स पनि नेपाली बजारमा ६४ जीबी, २५६ जीबी र ५१२ जीबी स्टोरेजमा उपलब्ध हुनेछ र स्पेस ग्रे , सिल्वर, गोल्ड कलर अप्सनमा आउने छ ।

Type  Description Colors
iPhone XR iPhone XR 64GB Black , White , Red , Yellow, Coral, Blue
iPhone XR iPhone XR 128GB Black , White , Red , Yellow, Coral, Blue
iPhone XR iPhone XR 256GB Black , White , Red , Yellow, Coral, Blue
iPhone XS iPhone XS 64GB Space Grey, Silver , Gold
iPhone XS iPhone XS 256GB Space Grey, Silver , Gold
iPhone XS iPhone XS 512GB Space Grey, Silver , Gold
iPhone XS Max iPhone XS Max 64GB Space Grey, Silver , Gold
iPhone XS Max iPhone XS Max 256GB Space Grey, Silver , Gold
iPhone XS Max iPhone XS Max 512GB Space Grey, Silver , Gold

सक्कली भ्याटबिल लिन तथा एप्पलका उत्पादनहरुमा १ वर्षको वारेन्टिका लागि ग्राहकलाई आधिकारिक च्यानलहरुबाट मात्र खरिद गर्न कम्पनी ग्राहकहरुलाई अनुरोध गर्दछ । हामी ग्राहकहरुलाई सक्कली बिल मात्र लिन हुन हार्दिक अनुरोध गर्दछौं । हाम्रा आधिकारिक डिलरहरुः इभो स्टोर, ओलीज, फ्यूचर वल्र्ड, क्विालिटी कम्प्यूटर (बिर्तामोड), बाट मात्र खरिद गर्नुहोस् । ग्राहकले खरिद गरेको एप्पलका उत्पादनहरु आधिकारिक हुन वा होइनन थाहा पाउनका लागि ग्राहकले यो वेबसाइट लिंकमा www.gnextcom.com/check-service-tag गएर एप्पल आइफोनको सिरियल नम्बर अथवा आईएमईआई नम्बर राखेर जाँच गर्न सक्नेछन् ।

एनसेल को अफरहरु

iPhone model Weekly Data Total Weeks Total Data
XS , XS Max , XR 2000 MB 9 18000 MB

 

 

 

 

 

प्रकाशित : ५ मंसिर २०७५, बुधबार ११:४०