काठमाडौं । गण्डकी विकास बैंक लिमिटेडले नगद लाभांश दिने भएको छ । कम्पनीकाे सोमबार बसेको संचालक समितिको बैठकले शेयरधनीहरुलाई चुक्ता पुँजीको १४ दशमलव २० प्रतिशतले हुन आउने ३९ करोड ०५ लाख रुपैयाँ नगद लाभांश वितराण् गर्ने निर्णय गरेको छ ।
कम्पनीले उक्त नगद लाभांश नेपाल राष्ट्र बैंककाे स्वीकृति र आगामी ११ औं वार्षिक साधारण सभाबाट पारित भए पश्चात मात्र वितरण गर्ने भएको छ ।
Comment