निर्धन उत्थान लघुवित्तको साधारणसभा मंसिर २५ गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

निर्धन उत्थान लघुवित्तको साधारणसभा मंसिर २५ गते



काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको बिसौं वार्षिक साधारण सभा मंसिर २५ गते हुने भएको छ । कम्पनीले आइतबार बसेको संचालक समितिको बैठकबाट निर्धारण भएको हो ।

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले ४२ दशमलव ११ प्रतिशत लाभांश दिने प्रस्ताव भएको छ ।

कम्पनीको वार्षिक साधारणसभा मंसिर २५ गते बिहान साढे १० बजे संस्थाको केन्द्रीय कार्यालयसँगै दक्षिण तर्फ रहेको पार्टी प्यालेस भगवतीबहाल, नक्साल काठमाडौंमा हुने भएको छ ।

कम्पनीले १ अर्ब रुपैयाँको २२ दशमलव ११ प्रतिशतले हुन आउने २२ करोड १० लाख ५२ हजार ६३२ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्र्रस्ताव गरेकोछ । कम्पनीको साधारण सभामा विशेष प्रस्ताव चुक्ता पुँजीको २० प्रतिशत बोनस शेयर शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने समयमा कायम शेयरधनीहरुले पाउने जारी गरेको छ ।

प्रकाशित : ३ मंसिर २०७५, सोमबार १२:११