छिमेक लघुवित्तमा रामचन्द्र जोशीको कार्यकाल थप « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

छिमेक लघुवित्तमा रामचन्द्र जोशीको कार्यकाल थप



काठमाडाै । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ) रामचन्द्र जोशीको कार्यकाल थपिएको छ । बैंक सञ्चालक समितिको कात्तिक २८ गते बसेको २१७ औँ बैठकले जोशीको कार्यकाल थप्ने निर्णय गरेको हो ।

जोशीको पदावधी यही मंसिर १९ गतेबाट सकिने भएकाले लघुवित्तले उनको कार्यकाल आगामी एक वर्षसम्मलाई थपेको हो ।कार्यकाल थप पश्चात जोशीले प्रमुख कार्यकारी अधिकृतका रुपमा यस छिमेक लघुवित्तको सम्पुर्ण कार्यभार सम्हाल्नेछन् ।

प्रकाशित : ३० कार्तिक २०७५, शुक्रबार १६:५२